८ बैशाख २०८१, शनिबार

बागलुङको निसीखोलामा पहिरोले पुरिएर तीनजनाको निधन

yytg 1

लगातारको वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङको निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको छ।

वडा नम्बर ५ का हिराबहादुर विकको घर शुक्रबार राति २ बजे पहिरोले पुरिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा हिराबहादुरका १४ वर्षीय छोरा वीरेन्द्र विक र हिराबहादुरका नाति ६ वर्षीय प्रवेश विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
पहिरोमा परी हिराबहादुरकी श्रीमती दिलसरा घाइते भएकी छिन् । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्धार गरेका थिए । घटनास्थल सदरमुकामदेखि करिब १ सय ३० किलोमिटर पश्चिममा पर्छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्धारर गरेका थिए।

यस्तै, शनिबार बिहान निसीखोला–३ धारखर्कमा पहिरोले एक घर पुरिँदा ७२ वर्षीय ओली कामीको मृत्यु भएको छ। पहिरोले कामीको घर पुरेको हो। उक्त घरमा को को थिए भन्ने अझै खुलेको छैन। घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरेको वडाध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए।