८ बैशाख २०८१, शनिबार

पाण्डेलाई उपरथीको दज्र्यानी

nepal army

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७७ बैशाख १४ गतेको निर्णय बमोजिम मिति २०७७ बैशाख १९ गतेबाट रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी प्रभुराम शर्मालाई आज मिति २०७७ बैशाख २१ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

साथै उक्त कार्यक्रममा नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७७ बैशाख १४ गतेकै निर्णय बमोजिम मिति २०७७ बैशाख १४ गतेबाट उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी आनन्द कुमार अधिकारी र मिति २०७७ बैशाख १९ गते गतेबाट उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी संजय थापालाई समेत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

रथी दर्जामा पदोन्नती हुनुभएका रथी प्रभुराम शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी आनन्द कुमार अधिकारीलाई उपत्यका पृतना हे.क्वाको पृतनापति र उपरथी संजय थापालाई मध्य पश्चिम पृतना हे.क्वाको पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।