११ बैशाख २०८१, मंगलवार

राहत लिएर गृहमन्त्री बादल सिन्धुपाल्चोक प्रस्थान

badal Dr55BIytD6

पहिरोपीडितका लागि राहत लिएर गृहमन्त्री सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

शुक्रवार बिहान गएको परी ३६ जना बेपत्ता र कैयन घरबारविहीन भएपछि प्रारम्भिक राहत लिएर गृहमन्त्री थापा सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् ।

badal ouD5fAuhLq

नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए भने ३७ घर पुरिएको थियो । बेपत्ता सबैको पहिचान खुलेको छ । यस्तै पहिरोमा परी ५ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन ।