१६ चैत्र २०८०, शुक्रबार

सिन्धुपाल्चोक पहिरोका दर्दनाक दृश्यहरु, ३८ जना बेपत्ता, ३७ घर पुरियो (तस्विरसहित)

Jugalll hIfnNvbNX6

सिन्धुपाल्चोक पहिरोमा परी ३८ जना वेपत्ता भएका छन्। हालसम्म कसैको पनि शव निकाल्ने काम भएको छैन। यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् । घाइते भएकालाई हेलिकोप्टरबाट उद्दार गरी चौतारा पुर्‍याइएको छ।

जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।

कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ ।

त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए।

आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको उनले जानकारी दिए।

पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो।

117445460 240861143630308 1001609500198448874 n
117587040 4240652122676109 8254549752996187885 n
117759784 3762036923810712 537569338741027677 n
117300861 685655582031794 8328144256797586619 n
117363145 931253644045107 3011370011119037730 n
113935808 4d3d6f66 c943 48e9 ab0e 49d84396e41d
008 650x293 1
012 650x293 1
sinshupalchok lidi pahiro 190 696x313 1
sinshupalchok lidi pahiro 113
sinshupalchok lidi pahiro47
sinshupalchok lidi pahiro 1
sinshupalchok lidi pahiro 1.789
Jugalll hIfnNvbNX6
117339504 247513566340398 5701076260313254142 n
117338403 581690029175622 695619497305806587 n
117363145 931253644045107 3011370011119037730 n 1
117601006 235931067583295 2895813785530440486 n

तस्विर साैजन्य : श्रीधर न्याैपाने