१५ चैत्र २०८०, बिहीबार

सुन ठगी गरेको अभियोगमा महिला पक्राउ

gold bangle scaled

करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीकाे आधारमा मगरलाई पक्राउ गरिएको हो| उनले व्यापारीलाई दिएको चेक साट्न जाँदा उनको बैंक खातामा पैसा नहुने पाइएपछि व्यापारीले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 

मगरले उक्त रुपैयाँ बराबरको डेढ  तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्धाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मगरलाई आवश्यक कारवाहीको  लागि  महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।