१२ बैशाख २०८१, बुधबार

तस्करीको राँगा बरामद गर्न रौतहटमा १५ राउण्ड हवाइ फायर

hawai fire

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा १४ राउण्ड हवाई फायर भएको छ।

बिहीबार दिउँसो १ बजे राजपुर नगरपालिका-६ स्थित कुडियामा भारतबाट अवैध भैंसी ल्याइराखेको भन्ने खबर पाएपछि जिल्ला तथा स्थानीय प्रहरीको टोली खटिएको थियो।

खटिएकाे प्रहरीमाथि करिब ५ सय स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि हवाई फायर भएकाे जिल्ला प्रहरी कार्यालय, रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

चार जना प्रहरी घाइते समेत भएका छन्।

‘खटिएकाे प्रहरी टाेलीमाथि स्थानीयले अवरोध गरेपछि हवाई फायर गरेका हौं,’ डिएसपी श्रेष्ठले भने,’केही राउण्ड अश्रु ग्यास समेत प्रहार गरेका छौं।’

प्रहरीले भीडलाई तितर वितर पार्न आठ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। त्यस्तै प्रहरीले खोजेको अवैध भैंसी पनि नभेटिएको उनले बताए। उनका अनुसार कोही पक्राउ परेका छैनन्।