१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं महानगरपालिका–१४ भित्रका विभिन्न स्थानहरु सिल

ktm ward 14

३५ जना भन्दा बढीमा कोरोना भाइरसका संक्रमित भेटिएपछि अत्यावश्यक बाहेकका अन्य पसल र गतिविधिहरु १५ दिनका लागि बन्द गरिएको छ ।

वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा वडा नम्बर १४ अन्तर्गतका कलङ्की, कालीमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बिहीबारदेखि १५ दिनसम्म बन्द गरिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।

केही दिन अघि क्यासेट पसलेमा देखिएको सक्रमण पछि उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । बुधबार साँझ मेडिकल पसल रहेकाे घरबेटीलाई पनि संक्रमण देखिएको र आज विहानमात्र वडा कार्यालय रहेको भवनमा नै संक्रमित फेला परेपछि वडाले कडा कदम चाल्ने निर्णय गरेको हो ।

ktm ward 14 corona