
हेटौंडा उपमहानगरपालिका अन्तर्गत बसामाडीको तीनताप्केमा ट्रकले अटोलाई ठक्कर दिदा दुई जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
हेटौंडाबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २ ह ३४६६ नम्बरको अटोलाई ठक्कर दिएको हो।
अटोमा सवार दुई यात्रुको निधन भएको छ भने अटो चालक मनहरी गाउँपालिका-५ बसन्तपुर बस्ने ४७ वर्षीय ठूलो कान्छा खड्का घाइते भएका छन्।
मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका-५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेका छन् ।
मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ। ट्रक चालक विजय श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेका छन ।