१३ बैशाख २०८१, बिहीबार

नेपालमा कोरोना भाइरसबाट थप आठ जनाको निधन, मृतकको संख्या ९१ पुग्यो

MC Dhambojhi

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप आठ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो।

मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलबस्तुका १ र बाराका १ जनाको गरी जम्मा ८ जनाको मृत्यु भएको छ ।

यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।