२१ बैशाख २०८१, शुक्रबार

डोटीमा मध्यरात घर भत्किँदा आमा सहित छोरा छोरीको निधन

Doti
फाइल फोटो

डोटीको आदर्श गाउँपालिका–१ मा घर भत्किदा एकै परिवारका चारको मृत्यु र पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले जनाए अनुसार सोमबार राति नुगे लोहारको घर भत्किँदा चार जनाको निधन भएको हो ।

निधन हुनेमा लोहारकी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । घाइते भएका लोहार सहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरीको दिपायलमा उपचार भइरहेको जनाइएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।