२१ बैशाख २०८१, शुक्रबार

गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान – शव सनाखत गर्न प्रहरीको अपील

deadman gongabu

काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ४५ वर्षीय दाङका कृष्णबहादुर बोहरा रहेको र उनी शव फालिएको देखि ५० मिटरको दूरीमा बस्ने गरेको व्यक्ति भएको सूचना आएको पनि प्रहरी स्रोतले जनाएको छ । उनी काठमाडौं नयाँबजार क्षेत्रको एक गार्मेन्ट उद्योगमा काम गर्ने प्रहरीले जनाएको छ ।

आइतबार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो । पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको टाउको डग स्कुलबाट तालिम प्राप्त कुकुरको मद्दतबाट फेला पारेको थियो । शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।

शव सनाखत नहुँदा प्रहरीले तस्वीर सार्वजनिक गरी सूचना दिन अपील नै गरेको थियो ।