
नेपालमा आज (सोमबार) ८४३२ पिसिआर टेस्ट भएकोमा थप ३३८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६७३८ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । हाल क्वारेन्टाइनमा १०,७५९ जना रहेका छन । पछिल्लो २४ घण्टामा १४० जना र आज सम्म १६,४९३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा ३६, ललितपुरमा चार र भक्तपुरमा ३ जना गरेर उपत्यकामा ४६ जना संक्रमित थपिएका छन |
पर्सा, रौतहट, महोत्तरी र काठमाडौं समेतका जिल्लाहरुमा ५०० भन्दा बढी संक्रमित रहेका छन भने छ जिल्ला कोरोना मुक्त भएका छन ।
त्यस्तै हालसम्म मृतक ७९ जनामा काेराेना पुष्टि भएकाे छ।