२२ बैशाख २०८१, शनिबार

शनिबार उपत्यकामा ६२ जना थपिए, ४९९ जना निको भएर घर फर्किए

corona 1

नेपालमा आज (शनिबार) ७,८८८ पिसिआर टेस्ट भएकोमा थप ३७८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६,२०६ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ । हाल क्वारेन्टाइनमा १०,७९२ जना रहेका छन । पछिल्लो २४ घण्टामा ४९९ जना र आज सम्म १६,३१३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा तीन तीन जना गरेर उपत्यकामा ६२ जना संक्रमित थपिएका छन |

लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको छ।

त्यस्तै हालसम्म मृतक ७३ जनामा काेराेना पुष्टि भएकाे छ।