२१ बैशाख २०८१, शुक्रबार

१०० नाघ्यो उपत्यकामा कोरोना संक्रमित संख्या, सबैभन्दा धेरै काठमाडौं जिल्लामा

corona 1

नेपालमा आज (शुक्रबार) ७,९२६ पिसिआर टेस्ट भएकोमा थप ४६४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६,३३० जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ । हाल क्वारेन्टाइनमा १०,२०७ जना रहेका छन । पछिल्लो २४ घण्टामा ४२५ जना र आज सम्म १५,८१४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरेर उपत्यकामा १०६ जना संक्रमित थपिएका छन |

लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको छ।

त्यसरीनै प्रवक्ता गौतमले काठमाडौं लगायतका घनाबस्तीहरुमा कोरोना संक्रमणको दर वृद्धी भइरहेकोले स्वास्थ मापदण्ड अपनाउन आग्रह गरेका छन। यसरी दिनहुँ संक्रमण बढदै जाने हो भने अस्पतालका बेड, उपकरण्, स्वास्थकर्मीको अभाव हुने सक्ने तर्फ पनि सचेत गराएका छन |

त्यस्तै हालसम्म मृतक ७० जनामा काेराेना पुष्टि भएकाे छ।