११ बैशाख २०८१, मंगलवार

गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ

Rape 2

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष पक्राउ।

प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे ।

ललाइफकाइ प्रलोभनमा पारेर बलात्कार गरेको उजुरीका आधारमा ४७ वर्षीय रानाभाटलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।

प्रहरीका अनुसार विवाहको प्रलोभनमा पारेर बालिका बलात्कार गरेको पीडितका आफन्तले सोमबार दिएको जाहेरीमा उल्लेख छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।