७ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा टेम्पो चालकलाई कोरोना संक्रमण

safa tempo kathmandu
सांकेतिक तस्विर

काठमाडौंमा थपिएका ३१ संक्रमीत मध्ये एकजना शंमखुल रुटका ट्याम्पो चालक रहेको खुलेको छ । चार दिन अगाडि सुदूरपश्चिमबाट काठमाडौं आएका उनी नाकामा स्वाब दिएर रिपोर्ट नआउन्जेल लगातार आफ्नो काममा लागेका थिए ।

लकडाउनका बेला आफ्नो घर सुदूरपश्चिम गएका उनको हिजो मात्रै रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । प्रहरी र सुरक्षाकर्मीको टोलीले उनलाई त्यहीँबाट आइसोलेसन सेन्टरमा लगेको नेपाल यातायात स्वतन्त्र मजदुर संघ्का अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

राईका अनुसार संक्रमित पुरुषले लकडाउनयता तीन दिन मात्रै शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए।

सार्वजनिक सवारी चालकलाई यसरी कोरोना देखिएपछी उनको टेम्पोमा यात्र गर्ने यात्रुको ट्रेसिङमा समस्या देखिएको छ । यसरी यात्रा गर्ने यात्रुको विवरण पनि नहुने हुँदा संक्रमण फैलने जोखिम पनि उत्तिकै रहेको छ ।

त्यस्तै चार्जिङ स्टेशनमा सामूहिक रुपमा टेम्पो राखिने हुँदा अन्य टेम्पो र टेम्पो चालकमा पनि संक्रमण हुने उत्तिकै सम्भावना रहने जानकारहरु बताउँछन ।