
सांकेतिक तस्विर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २२ जना काेभिड १९ सङ्क्रमित भेन्टिलेटर र आईसीयूमा उपचाररत छन् । यो सक्रिय सङ्क्रमितको ०.४१ प्रतिशत हुन जान्छ ।
बुधवारको तथ्यांक उपलब्ध गराउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पाँच हजार ३६० जना बिरामीमा भाइरसको सक्रिय सङ्क्रमण रहेको बताए ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ जना सङ्क्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको छ । प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको हो ।
बिरामीलाई श्वास प्रश्वासमा कठिनाई भएपछी कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ ।