१३ बैशाख २०८१, बिहीबार

आजदेखि पर्यटकीय व्यवसाय खुल्दै, होटल तथा रेस्टुरेन्ट पनि सुचारु हुने

hotel nepal

२०७६ चैत ११ गतेदेखि लकडाउन सँगै बन्द रहेका देशभरका होटल आज (बिहीबार)देखि सञ्चालनमा आउँदैछन् । मन्त्रिपरिषद् बैठकको साउन ६ गतेको निर्णय अनुसार साउन १५ गते देखि ट्राभल, ट्रेकिङ, पर्वतारोहण लगायतका पर्यटकीय व्यवसाय खुल्दैछन ।

बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।

होटल सञ्चालनमा आए पनि ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन । सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिनको लागी पनि व्यवसाय सुचारु गर्न लागिएको हो ।