७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोनाबाट थप दुई जनाको निधन, मृतकको संख्या ५१ पुग्यो

MC Dhambojhi
फाइल फोटो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । उनीहरू दुबै जना पर्साका हुन्।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको जानकारी दिए ।

बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो उपाध्यायले पुष्टि गरे। दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको उपाध्यायले जानकारी दिए।

७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।

उनको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब दिइएको थियो । उनको पैसा तिरेर परीक्षण गराइएको परिवारका सदस्यले बताएका छन् ।

वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा‍. असरफ हुसैनले जानकारी दिए । ‘किड्नीसम्‍बन्धी समस्या सँगै निमोनिया पनि रहेछ । अवस्था गम्भीर थियो’ उनले भने ‘आउनेबित्तिकै अक्सिजन दिनुपर्‍यो, भेन्टिलेटरमा राखेर पनि उपचार गर्‍यौं तर बचाउन सकेनौं ।’

त्यस्तै, गण्डक अस्पतालमा बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमितमा भने मुटुको समस्या रहेको उनले जनाए।

मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो।

गण्डक कोभिड अस्पतालमा ड्युटीमा रहेका डा. निरज सिंहले स्वास्थ्यमा सुधार हुँदै गर्दा अचानक उनको बुधबार बिहान मृत्यु भएको बताए ।

‘भर्ना भएको दिनमा भन्दा उपचारपछि क्रमशः उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो’ उनले भने ‘तर एक्कसी उहाँको व्यवहारमा परिवर्तन आयो, दबाई खानै छोड्ने, अक्सिजन निकाले फालिदिने गर्न थाल्नुभयो । बचाउन सकिएन ।’