१३ बैशाख २०८१, बिहीबार

दैनिक बढ्दै सुनको मुल्य, प्रति तोला एक लाख नजिक

gold

सुनको मुल्यले दिनदिनै नयाँ रेकर्ड राख्दै गएको छ । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाले बढेको छ ।

आइतबार तोलामा ९६ हजार तीन सय बाट एकै दिनमा १२ सय रूपैयाँ बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । पछिल्लो एक वर्षमा सुनको मूल्य प्रतितोलामा ३३ हजार रुपैयाँले बढेको हो ।

गत वर्ष यसै समय प्रतितोला ६४ हजार रुपैयाँ रहेको सुनको मूल्य लगभग तोलामा ३३ हजार ५ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

दुई हप्तामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति आउन्स एक सय डलर बढेको छ । महासंघका अनुसार पछिल्लो दुई सातामा सुनको मूल्य १ हजार ८ सय दुई डलर बाट बढेर एक हजार ९ सय १ डलर पुगेको पुगेको छ ।

जानकारहरुका अनुसार लगानीकर्ताले कोरोना भाइरसका कारण सुनमा लगानी गर्न थालेपछि मूल्य निरन्तररुपमा उकालो लाग्दै आएको हो ।