४ बैशाख २०८१, मंगलवार

कोरोनाको कारण थप ३ को निधन, मृतक संख्या ४८, काठमाडौं उपत्यकामा ६ संक्रमित थपिए

coronavirus dead body

नेपालमा आज (सोमबार) ४,८१८ पिसिआर टेस्ट भएकोमा थप १३९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ४,९५० जनामा सक्रीय संक्रमण देखिएको छ ।

काठमाडौंमा तीन र ललितपुरमा तीन गरी उपत्यकामा ६ संक्रमित थपिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ । हाल क्वारेन्टाइनमा १७,९०३ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा ६२६ जना र आज सम्म १३,७५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा तीन जना को निधन भएको छ । यो सँगै कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।