१६ चैत्र २०८०, शुक्रबार

काठमाडौंमा ८ जना सहित १३० जना संक्रमित थपिए

corona 1

नेपालमा आज (आइतबार) ३,३०० पिसिआर टेस्ट भएकोमा थप १३० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,४४० जनामा सक्रीय संक्रमण देखिएको छ ।

काठमाडौंमा ८ जना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ पुगेको छ । हाल क्वारेन्टाइनमा १७,९०३ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा ७५ जना र आज सम्म १३१२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

यसैगरी पर्सामा शुक्रबार फेरि एक बृद्धाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।