७ बैशाख २०८१, शुक्रबार

प्रभास र दीपिका नयाँ फिल्ममा एकसाथ देखिदै

prabhas deepika

चलचित्र बाहुबलीबाट आफ्नो छुट्टै पहिचान बनाएका प्रभास नयाँ फिल्ममा बलिउड अभिनेत्री दीपिकासँग देखिने भएका छन।

पुजा हेगडे, श्रद्धा कपुरसँग काम गरिसकेका प्रभासले अब आउने प्रोजेक्टमा दीपिकासँग काम गर्न लागेका हुन।

फिल्म ‘छपाक’ र ‘८३’ पछि अब दीपिका पादुकोण एउटा ठूलो फिल्मको हिस्सा बन्न लागेकी छिन् । यो नयाँ प्रोजेक्टमा उनीसँग बाहुबली प्रभास देखिनेछन् । दीपिका र प्रभास पहिलो पटक सँगै पर्दामा देखिन लागेका हुन् । नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान छ । यो फिल्म सन् २०२१ को अप्रिलदेखि सुरु गरिनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक तेलुगु भाषाको फिल्म यी दुई स्टार देखिन लागेका हुन। उक्त फिल्मलाई तामिल र हिन्दी भाषामा डबिङ गरिनेछ।

साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस विवायजयन्ती मुभिज चाँडै नै आफ्नो ५० वर्ष पूरा गर्ने तयारीमा छ । यो विशेष मौकामा प्रोडक्सनले दुई ठूला सुपरस्टार दीपिका पादुकोण र प्रभासलाई सँगै ल्याउने निर्णय गरेको छ ।

प्रभासले इन्स्ट्राग्राममा एक पोस्ट गर्दै दीपिकालाई स्वागत समेत गरेका छन।

फिल्मको नाम र अन्य कलाकारका बारेमा खासै जानकारी बाहिर आएको छैन। दीपिका र प्रभास पहिलोपटक एउटै फिल्ममा काम गर्न लागेका हुन।

भारतीय सञ्चारमाध्यमले उक्त फिल्म साइन्स हुने र फिल्मको निर्देशक नाग आश्विन रहने उल्लेख गरेका छन।

विवायजयन्ती प्रोडक्सन हाउसले यो कुराको घोषणा ट्वीटरमा गरेको छ । यसमा लेखिएको छ, ‘दीपिका पादुकोण वेलकम अनबोर्ड । तपाईंलाई यो अद्भूत एड्भेन्चरको हिस्सा बनाएर हामी निकै उत्साहित छौं ।’ फिल्म प्रभास २१ लाई नाग अश्विनले निर्देशन गर्नेछन्।