१५ चैत्र २०८०, बिहीबार

डाक्टरहरुले वयस्कहरूमा कोरोनाभाइरसका नयाँ लक्षण पत्ता लगाए

covid corona

युवाहरुमा बढ्दो कोरोना भाइरस संक्रमण देखिएपछी त्यसको अनुसन्धान गरिरहेका डक्टरहरुले बृद्धहरुमा भन्दा युवा समुहमा केहि फरक लक्षणहरु फेला पारेका छन ।

हालसम्म ज्वरोलाई कोरोनाभाइरसको प्रारम्भिक संक्रमणको रुपमा हेरिएको छ, तर डाक्टरहरुले ३५ बर्ष भन्दा कम उमेरका वयस्कहरूमा पेट दुख्ने र टाउको दुख्ने जस्ता लक्षणहरू देखा पर्ने सम्भावना बढी हुन सक्ने जनाएका छन ।

भान्डर्बिल्ट विश्वविद्यालयका एक संक्रामक रोग प्रोफेसर विलियम शेफनरका अनुसार “नयाँ आएका युवा संक्रमितहरु ज्वरो भन्दा पनि पेट दुखेको समस्या लिएर आउने गरेका छन्” । डाक्टरहरूले अन्य कोविड्-१९ लक्षणमा माइग्रेन(टाउको दुखाइ), वाकवाकी, र पखाला जस्ता समस्याहरु भेटेका छन ।

उनि थप्छन “हामिले के पत्ता लगायौ भने भाइरसले विभिन्न किसिमका क्षति गर्न सक्छन् । यस्ता क्षतिहरु बिना कुनै लक्षण, हल्का लक्षण, अथवा एकै साथ धेरै लक्षणहरू देखिएर हुने गर्छन ।”

संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसि)का अनुसार निम्न लक्षण्हरु कोविड्-१० का लक्षण भित्र पर्दछन्:

  • ज्वरो वा चिसो अनुभव हुनु
  • खोकी
  • सास फेर्न वा सास फेर्न कठिनाई
  • थकान
  • मांसपेशी वा शरीर दुखाइ
  • टाउको दुखाई
  • स्वाद वा गन्ध थाहा नपाउनु
  • घाँटी दुख्नु
  • नाक बन्द हुनु वा नाक बहनु
  • वाकवाकी वा बान्ता
  • पखाला

सीडीसीका अनुसार यी लक्षणहरू भाइरसको प्रारम्भिक संपर्क पछि करिब २-१४ दिन भित्र देखा पर्दछ।

३४ बर्ष भन्दा माथि उमेरका व्यक्तिहरूको लागि, सबैभन्दा सामान्य लक्षणहरू खोकी, ज्वरो, सास फेर्न समस्या, थकान आदी रहेका छन ।

डाक्टरहरू लक्षण महसुस गर्न थालेको करिब चार दिनपछि परीक्षण गर्ने सल्लाह दिन्छन् । त्यस तरीकाले भाइरस स्वाबमा देखा पर्नेछ र जाँच सही तरिकाले हुनेछ ।एजेन्सी