१६ चैत्र २०८०, शुक्रबार

जुम्ल्याहा बच्चाको नाम राखियो ‘कोरोना’ र ‘कोभिड’

corona and covid

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को आतंक यसरी फैलिएको छ कि मानिसहरु ‘कोरोना’ र ‘कोभिड’को नाम सुन्नेबित्तिकै डराउन थालेका छन् ।

कोरोना भाइरसको सन्त्रासका कारण भारत अहिले लकडाउन छ र यहि लकडाउनको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको नाम उनीहरुका आमावुवाले ‘कोरोना’ र ‘कोभिड’ राखिदिएका छन् । भारतीय संचारमाध्यामका अनुसार ती बच्चाहरुको जन्म २७ मार्चमा बिआर अम्बेदकर मेमोरियल अस्पताल रायपुर, भारतमा भएको थियो ।

पुरै देश लकडाउन भएकोले आमा र वुवा प्रीति र बिनयले डेलिभरीको लागि निकै अस्पताल धाउनुपरेको थियो । विभिन्न समस्याहरूको सामना गरिसकेपछि अन्ततस् बच्चाहरुलाई जन्म दिन सफल भएकोले उक्त दिनलाई स्मरणीय बनाउन र कोरोनाको महामारीलाई जितेको खुशियालीमा जुम्ल्याहा बच्चाहरूको नाम ‘कोभिड’ र ‘कोरोना’ राखिएको आमा प्रीतिले बताएको भारतीय मिडियाले लेखेका छन् ।

जुम्ल्याहामध्ये छोराको नाम ‘कोभिड’ राखिएको छ भने छोरीको नाम ‘कोरोना’ राखिएको छ । हाल आमा र बच्चा तीनैजना स्वस्थ छन् ।