
नेपालमा आज (बिहिबार) ४९८१ पिसिआर टेस्ट भएकोमा थप १६७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६०५६ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा निको भएका र संक्रमित गरेर कोरोना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१३ जना र आज सम्म ११,२४९ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
हाल क्वारेन्टिनमा २३,५०० जना रहेका छन् । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको ज्यान गएको प्रवक्ता गौतमले बताए।