१३ बैशाख २०८१, बिहीबार

न्यूयोर्कमा मृत भेटिए ‘पठाओ’ सिइओ फहिम

pathao fahim

अन्तर्राष्ट्रिय राइड-शेयरिङ कम्पनी पठाओका संस्थापक अमेरिकाको न्युयोर्कमा आफ्नै घरभित्र मृत फेला परेका छन् । उनको शव क्षतविच्छेद अवस्थामा भेटिएको र नजिकै विधुतिय आरी पनि भेटिएको प्रहरिले जनाएको छ । न्यू योर्क पोस्टले जनाए अनुसार यो अपराध दृश्य “पेशेवर” हत्या जस्तो देखिन्थ्यो।

उनका स्टार्ट-अपहरू ‘गोकाडा’ नाइजेरियामा र ‘पठाओ’ बंगलादेशका साथै नेपालमा लोकप्रिय छन्। “हाम्रा संस्थापक र सीईओ फहीम सालेहको अचानक र दुखद क्षतिको बारेमा जानकारी दिन हामी अत्यन्तै दु:खी छौं,” गोकाडले बुधबार भनेको छ।

अमेरिकी मिडिया रिपोर्टका अनुसार, सालेह बस्ने भवनको सीसीटीभी फुटेजमा उनि सोमबार मास्क लगाएको एक मानिससँग लिफ्टमा छिरेको देखिएको छ ।

३३ वर्षिय सालेह बंगलादेशी आप्रवासी परिवारमा जन्मिएका थिए । उनले पहिलो कम्पनी हाई स्कूलमै हुँदै शुरु गरेका थिए ।