१९ बैशाख २०८२, शुक्रबार

‘प्रेमगीत ३’लाई १ रुपैयाँमा देखाउँदै टेलिकम

PremGeet 3

नेपाल टेलिकमले १ रुपैयाँमा प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ देखाउने घोषणा गरेको छ। शनिबार, १३ पुसबाट टेलिकमको एनटीटिभी च्यानलमा फिल्म हेर्न पाउने जानकारी टेलिकमले फेसबुक पेजमार्फत दिएको हो।

“सबै चलचित्रप्रेमीले आफ्ना साथीभाइ र परिवारसंग यो फिल्म हेर्ने सुनौलो मौका नगुमाउनुहोस्” भन्ने सन्देश टेलिकमले आफ्नो पेजमा जारी गरेको छ।

यो विशेष अवसर शनिबार एक दिनको लागि मात्र उपलब्ध हुनेछ। फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका छन्, जसमा प्रदीप खड्कासहित क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, प्रेम पुरी र सुनिल थापाको अभिनय छ। प्रेमकथामा आधारित यो फिल्म नेपाली र हिन्दी भाषामा हलमा प्रदर्शन भइसकेको छ।