
नेपालमा आज (मंगलबार) ४३६१ पिसिआर टेस्ट भएकोमा थप ११६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ०६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३४ जना र आज सम्म १०,३२८ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
प्रदेश अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४४ जना, प्रदेश ५ मा २१ जना, सुदुर पश्चिम प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ११ जना, बाग्मती प्रदेशमा ७ जना, प्रदेश १ मा ९ जना र गण्डकी प्रदेशमा ४ संक्रमित भेटिएका छन ।
हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।