
काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ ।
शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो ।
महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।
महानगरद्वारा नेकपा एमाले पार्टी कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ – मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ।
