प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको असरले सबै भन्दा बढी असर नेपाललाई असर गरेको बताउनुभएको छ । शनिबार राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
‘ जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित हौं,’ उहाँले भन्नुभयो, ‘बिगार्ने हामी होइनौं ।’ जलवायु परिवर्तनका बारेमा नेपालले सशक्त आवाज उठाउनेमा लिड गरेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।
समुद्री सतह बढ्नु र हिमालहरु पग्लन थाल्नु अहिलेको ठूलो समस्या भएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, ‘ यसको कारण कार्बन उत्सर्जन हो । यसलाई कमी गर्नुपर्छ । कार्बन उत्सर्जनमा हाम्रो भूमिका छैन । हाम्रो हिमाल जस्तो थियो त्यस्तो राख्नु पर्छ ।’