१४ बैशाख २०८१, शुक्रबार

टोखा नगरपालिका, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि

tokha minicipality

टोखा नगरपालिकाको हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये तीन जना हरियाली बस्तीकै स्थानीय हुन् भने एक जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन्।

उपत्यकाको विभिन्न १२ स्थानका मानिसहरुको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाब नमुना संकलन गरेको हो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो । बस्तीबाट एक सय बढीको मानिसको स्वाब संकलन गरि जाँच गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको हो।

त्यस्तै काठमाडौँ महानगरपालिका वडा नं २९ डिल्लीबजार क्षेत्रबाट संकलित २०० वटा नमुनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्थानीयमा संक्रमण भेटिन थालेपछि ईडीसीडीले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकामा पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने भएको छ। त्यसको लागि गत बिहीबारबाट स्वाब संकलनको काम सुरु भएको छ।