१४ बैशाख २०८१, शुक्रबार

अमिताभ र अभिषेक बच्चन दुवैलाई कोरोना देखिएपछी नानावती अस्पताल भर्ना

father son bachhan

शनिबार कोरोनाभाइरस देखिएपछी अमिताभ बच्चन र अभिषेक बच्चन दुवैलाई मुम्बईको नानावती अस्पतालमा लागिएको छ। शनिबार राती एक ट्वीट गर्दै स्वयम अमिताभ बच्चनले सो कुरा बताएका हुन ।

७७ वर्षिय अमिताभ बच्चन उमेरको हिसाबले कोभिड को खतरा भित्र पर्छन ।

अमिताभ को ट्वीट आएको लगभग त्यसको एक घण्टा पछी अभिषेक बच्चनले आफुलाई पनि कोरोना संक्रमण पुष्टी भएको भनेर ट्वीट गरेका थिए ।

अमिताभ र अभिषेक बच्चन दुवैले आफूहरुसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। महाराष्ट्रमा पछिल्लो २४ घण्टामा आठ हजार संक्रमित भेटिएका छन ।

शुभचिन्तकहरुले समाजिक संजालमा दुवै बच्चनको स्वास्थलाभको कामना गरेका छन ।

एश्वर्या र जया बच्चनलाई भने कोरोना देखिएको छैन ।