
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद बैठक सकिए लगत्तै मृत्यु भएको छ ।
मन्त्रिपरिषद् बैठक आब्हन गरेका उनको बैठक सकिए लगत्तै मृत्यु भएको बीबीसीले लेखेको छ । उनी मन्त्रीपरिषद् बैठकमै ढलेका थिए ।
मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । गएको मे २ मा उपचारका लागि फ्रान्स गएका उनी दुईमहिनापछि गत विहीबार स्वदेश फर्किएका थिए ।
बैठक चलिरहदा उनले एक्कासी छाती दुखेको संकेत गरेका थिए । ६१ वर्षीए कोलावाली बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो ।
सन् २०१२ मा मुटु प्रत्यारोपण गरेका कोलाबाली केहि हप्ता अघिमात्रै फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरेर स्वदेश फकिएका थिए ।
प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चित भएको छ । उनी लगातार दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।