१४ बैशाख २०८१, शुक्रबार

ख्यातिप्राप्त बलिउड अभिनेता जगदीपको निधन

jagdeep

शोले, अंदाज अपना अपना र पुराना मन्दिर जस्ता चलचित्रमा काम गरेका ख्यातिप्राप्त बलिउड अभिनेता जगदीपको उनकै बान्द्रा स्थित निवासमा हिजो निधन भएको छ । उनको वास्तविक नाम सय्यद इश्तियाक अहमद जाफरी हो ।

अभिनेता जावेद जाफरी र टेलिभिजन होस्ट नावेदका बुबा, जगदीप ८१ वर्षका थिए । आफ्नो परिवारको पालनपोषण गर्न नौ वर्षको उमेरमा म बाल कलाकारको रूपमा आफ्नो करियर शुरू गरे।

एक अन्तर्वार्तामा उनले भनेका छन “म चलचित्र उद्योगमा सामेल भएँ, किनकि मलाई पैसा चाहिएको थियो। मसँग मुख्य भूमिका खेल्ने कुनै महत्वाकांक्षा कहिल्यै थिएन” ।

शुद्ध उर्दूमा संवाद भन्न सक्ने भएर उनले आफ्नो पहिलो फिल्म, बी.आर. चोपडाको अफसानामा बोल्ने अवसार पाएका थिए । त्यसअघी सोही चलचित्रमा उनि भिडको एक हिस्सा मात्र थिए ।

४०० भन्दा बढी चलचित्रमा अभिनय गरेका उनि ‘खम्भा उखाडके’ भन्ने अभिव्यक्तिका लागि प्रसिद्ध भए । सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ ।