
गायक धर्मराज पोखरेलको आवाजमा सजिएको तामाङ सेलो गीतसंगै म्युजिक भिडियो सार्वजनिक भएको छ । “नाचन ओइ मैच्याङ” बोलको उक्त सेलो गीत बुधबार सार्वजनिक गरिएको हो ।
दर्जनौ नेपाली लोकगीत तथा अन्य विधाका गीतमा आवाज दिएका गायक पोखरेलले पहिलोपटक तामाङ सेलो गाएका हुन । र आफुले पहिलोपटक आफुले गाइरहेको बिधाभन्दा फरक बिधाको गीत गाउन पाउँदा खुशि लागेको र गाउदा गाह्रो नरहेको अनुभव बताए ।
उक्त सेलो गीतमा योगेश मोक्तानको शब्द संगीत तथा सुन्दर लामाको एरेन्ज रहेको छ । भिडियोमा शंकर बिसि र रितु तामाङ लगायतको साथमा गायक पोखरेल फिचर्ड छन । त्यसैगरि भिडियोको निर्देशन शंकर बिसीकै छायाकनमा दुर्गा पौडेल र सम्पादनमा नवीन घर्तिमगरको रहेको छ ।
खोटाङ जिल्ला जन्मथलो भएको पोखरेल हाल राजधानिमै रहेर गीतसंगीतको क्षेत्रमा लामो समयदेखि लागिरहेका छन । गायक पोखरेल गीतसंगितबाहेक इन्जिनियरिङ पेशा संगै समाजसेवि पनि हुन ।
साथै यस गीत र म्युजिक भिडियोले दर्शक तथा श्रोताको भरपुर मन जित्नेमा गायक पोखरेल आशाबादि समेत रहेका छन ।