७ बैशाख २०८१, शुक्रबार

आज काठमाडौंमा १४ सहित उपत्यकामा २८ संक्रमित पुष्टी, चार जिल्ला कोरोना मुक्त

corona 1

नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

त्यसैगरी काठमाडौंमा मात्र १४ जना संक्रमित भेटिएका छन भने पाटनमा १० र भक्तपुरमा ४ गरेर जम्मा २८ जना संक्रमित भेटिएका छन ।

तेह्रथुम्, भोजपुर, सोलुखुम्बु र हुम्ला गरेर ४ जिल्लाहरु कोरोना मुक्त भएका छन ।

पछिल्लो २४ घण्टामा ६ सय ८८ जना र आज सम्म ७ हजार ४ सय ९९ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।