४ बैशाख २०८१, मंगलवार

सोमबार थपिए कोरोनाका १ सय ८० संक्रमित, २६४ डिस्चार्ज, ३५ जनाको निधन

corona nepal

बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ।

बागलुङका २९ वर्षका पुरुषको निधन भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले भारतबाट फर्किएका बागलुङका युवाको मृत्यु भएको जनाए। ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनको आइतवार निधन भएको थियो।

भारतबाट क्षयरोगको उपचार गरी फर्किएका पुरुषको मृत्यु भएको गौतमले जानकारी दिए।

कुन प्रदेशमा कति काेराेना संक्रमित ?

हालसम्म प्रदेश १ मा ७१०, प्रदेश २ मा चार हजार १८४, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेशमा एक हजार १७५, प्रदेश ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार ५८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।