२० बैशाख २०८२, शनिबार

एकै नगरपालिकाका अलग-अलग स्थानमा एकै दिन दुई युवाको शव फेला

death
सांकेतिक तस्विर

रौतहटका एकै नगरपालिकाका अलग-अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ ।

गौर नगरपालिका वडा नम्बर ५ का २० वर्षीय राहुल मेहताको शव बागमती नदी किनारमा फेला परेको थियो भने केही घण्टा पछि गौर नगरपालिका वडा नम्बर ४ का २० वर्षीय रोहित सहनीको शव लालबकैया नदीको केरा घारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन । घटनाका सम्बन्धमा परिवारजनले दिएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको खोजी तथा अनुसन्धान भइरहेको प्रहरी प्रमुख उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनु भयो ।

शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि मात्र हत्या हो कि होइन भन्ने पत्ता लाग्ने उपरीक्षक घिमिरेले बताए । केही दिन पहिला राजपुर नगरपालिका १ मा एक ४५ वर्षीय पुरुषको घाँटी रेटेर हत्या गरिएको अवश्थामा शव फेला परेको थियो ।

    सम्बन्धित समाचार...