संवैधानिक परिषदको बैठक: निर्वाचन आयुक्तमा प्रधान सिफारिश
संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज साँझ बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधान हाल नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुनुहुन्छ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।
अन्य रिक्त रहेका संवैधानिक पदमा सिफारिसबारे भने बैठकमा छलफल नभएको जनाइएको छ ।