१२ बैशाख २०८१, बुधबार

सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी जवान मानुषी यमी भट्टराईको कपाल काट्दै

manushi yami haircut

सुरक्षामा खटिएका सुरक्षाकर्मीको दुरुपयोग गर्दै घरायसी काममा समेत लगाउने घटना पूर्वभीआईपी र भीआईपीहरूको वृतमा नौलो घटना भने पक्कै होइन ।

यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी जवानलाई छोरी मानुषी यमी भट्टराईको कपाल काट्नसमेत प्रयोग भएका छन् । उक्त कार्यको फोटो खिची स्वयम भट्टराई श्रीमती हिसिला यमीले समाजिक संजालमा पोस्ट गरेकी छिन ।

कपाल काट्दै गरिरहेको फोटो पोस्ट गर्दै उनले लेखेकी छिन्,‘मानुषीको कपाल एपीएफ भाइले काट्दै, जेकेन्द्र कपाल कटाइको निगरानी गर्दै ।’

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई घरायसी प्रायोजनका लागि प्रयोग गर्नु श्रमषोषण मानिन्छ ।

hisila

अहिले उनले उक्त फोटो हटाइसकेकी छिन् ।