१३ बैशाख २०८१, बिहीबार

भूकम्पको बेलामा पनि तीव्र गतिमा दौडिने बुलेट ट्रेन

bullet train

जापानले बनाएको कीर्तिमानी बुलेट ट्रेन द्रुत गतिमा दौडिने मात्र नभई भूकम्प आएको बेलामा यसले यात्रुहरूलाई सुरक्षित स्थानमा लग्न पनि समर्थ छ ।

एन७००एस नामक ट्रेन बुधवारदेखि सेवामा आएको हो र यो टोकाइडो शिनकानसेन लाइनमा दौडिन्छ । त्यसले टोक्यो स्टेसन र शिन–ओसाकालाई जोड्छ ।

यो ट्रेन ३६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन सक्छ । तर यसको गति २८५ किलोमिटर प्रतिघन्टामा सीमित गरिनेछ ।

झट्ट हेर्दा एन७००एस पुराना बुलेट ट्रेनभन्दा खासै फरक देखिँदैन ।

तर नजिकै गएर हेर्दा यसको अगाडिको भाग बढी चुच्चो छ, छेउका भाग बढी भुक्के छन् र हेडलाइट डिजाइन थप सुन्दर छ ।

भित्र नयाँ सीटहरू यात्रुलाई सजिलै पल्टिन मिल्ने गरी बनाइएको छ । प्रत्येक सीटमा फोन चार्जर छ ।

inside bullet train

भित्रको प्रकाश संयोजन पनि आरामदायी बनाइएको छ । झोला राख्ने र्‍याक पिलिकपिलिक बलेर यात्रुहरूलाई आफ्नो सरसामानको स्मरण गराउनेछन् । एजेन्सी