२१ बैशाख २०८२, आईतवार

सन्दीप लामिछानेलाई विश्वकप खेल्न पठाउने तयारी सुरु, एक जना खेलाडीलाई फिर्ता बोलाइने

sandeep 1

स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेसँगै स्पिनर लामिछानेलाई आईसीसी टी२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको हो ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।

नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ ।  कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्नेछ ।

image 1

    सम्बन्धित समाचार...