
गायिका एलिना चौहानले विवाहपछि जीवनमा धेरै परिवर्तन हुने बताएकी छन् । पहिलेको तुलनामा विवाहपछि बोल्दा र क्रियाकलाप गर्दा धेरै सोच्नुपर्ने उनको भनाइ छ ।
‘पहिलेजस्तो यताउति हिँड्दा, केही क्रियाकलाप गर्दा म अब बुहारी हो । यस्तो गर्नुहुन्न भन्ने डर पस्दो रहेछ’, चौहानले भनिन्, ‘विवाह गरेर जाने घर नयाँ ठाउँ भएकोले एक किसिमको डर रहने रहेछ ।’
यस्तै, गायिका चौहानले वैवाहिक कार्यक्रमको समयमा पतिलाई लामो समय खुट्टा ढोगेको विषयमा बोलेकी छन्। विवाहपछि पहिलो पटक एक टेलिभिजन शोमा कुरा गर्दै उनले उनले आफू गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन नमिल्ने बताएकी छन्।
“म गायिका मात्र होइन, कसैकी श्रीमती पनि हुँ। गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन सक्दिन,” उनी अगाडी भन्छिन्, “भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको थियो। राजाको पनि त खुट्टा रानीले ढोगेको देखेका छौँ।”
उनले आफूले आफ्नो खुसीको लागि खुट्टा ढोग्दैमा सबैले यस्तै गर्नुपर्छ भन्ने नभएको बताइन। “मैले मेरो खुसीका लागि खुट्टा ढोगेँ। मैले ढोगेँ भन्दैमा सबैले ढोग्नु पर्छ भन्ने छैन । आफ्नो विचार र खुसी हो।” उनले आफूले जे गरे पनि विवाद नै गराउने भन्दै चित्त दुखाइन।
एलिनाले पति विष्णु सापकोटाको खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। भिडियोमा उनले लामो समय लगातार खुट्टा ढोगिरहेकी छन् भने विष्णुले पैसा दिइरहेका छन्।
सोही क्रममा उनले श्रीमान् विष्णु सापकोटासँग प्रेम र विवाहसम्मका कुरा समेत गरेकी छन् । विष्णु सापकोटासँग प्रेम प्रस्ताव पहिलो आफैले राखेको खुलासा गरेकी छन् ।
‘पहिलो भेट देखिनै म उहाँप्रति आकर्षित भएको थिएँ । म उहाँप्रति डिप्ली हुनु अगाडि उहाँको कोही छ कि छैन । आफूलाई माया गर्नु हुन्छ कि, हुँदैन क्लियरका लागि प्रस्ताव राखेको थिएँ’, उनले अगाडि थपिन्, ‘माया गर्नुहुन्छ भने पनि ठिक छ । कोही छैन भनेपनि ठिक छ भनेर प्रस्ताव राखेको थिएँ । आफूले ‘आई लभ यु भनेर प्रपोज नराखेको तर आफ्नो कुरा भने राखेको उनको भनाइ थियो ।
उनले भनिन् ‘विष्णुको बोलीचाली र सहयोगी भावना राम्रो लागेर प्रस्ताव राखेको हो ।’ एलिनाले प्रेमी विष्णुसँग गत वैशाख ५ गते परम्परागत विधिबाट विवाह गरेकी हुन् ।
एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका थिए । विवाह अगाडि उनीहरूको प्रेममा ब्रेकअपको हल्ला पनि फैलिएको थियो । उक्त हल्ला सत्यता नभएको र त्यसले आफूलाई फाइदै गरेको उनको धारणा छ । बिहेपछि उनीहरू अहिले दुबई घुमघाममा छन् भने लगत्तै अस्ट्रेलिया पुग्नेछन् ।