२२ बैशाख २०८१, शनिबार

एउटै कथामा तीन-तीन ब्लकब्लस्टर फिल्म बनाउने निर्देशक

siddique

बलिउड वा कुनै पनि फिल्म उद्योगमा रिमेकहरू बन्नु सामान्य कुरा हो तर यो सधैं आवश्यक छैन कि रिमेकले यसको मूल संस्करणको रूपमा कमाउने गर्दछ।

तर, निर्देशक सिद्दिकीको तीन फिल्मले यस विषयमा अर्को उदाहरण खडा गरेको छ । निर्देशक सिद्दिकीले तीनवटा फरक-फरक मसला थपेर एउटै कथा दर्शक सामु प्रस्तुत गरेर सफलता हासिल गरेका थिए ।

चाखलाग्दो कुरा के छ भने दर्शकले उनको एउटा कथामा बनाइएको तीन अलग अलग फिल्मलाई अत्याधिक मन पराईदिए । एउटै कथामा तीनवटा फिल्म बनेका थिए र तीनवटै सुपर डुपर हिट भएका थिए ।

सिद्दिकीले सन् २०१० मा ‘बडीगार्ड’ नामको फिल्म बनाएका थिए । मलयालममा बनेको यो फिल्ममा अभिनेत्री नयनतारा मलयालम सुपरस्टार दिलीपसँग देखिएकी थिइन् । यो फिल्मबाट नयनतारा मलयालम सिनेमामा कमब्याकसमेत गरिन । यो फिल्मले पचास करोडको व्यापार गरेको थियो । जुन मलयालम सिनेमाका लागि निकै ठूलो रकम हो।

त्यसको एक वर्षपछि अर्थात् २०११ मा सिद्दिकीले त्यही फिल्म तमिल भााषामा बनाए । यस पटक कलाकार थिए थलपति विजय र असिन । यो तमिल भाषामा बनेको दोस्रो फिल्मले त्याे बेला नै सय करोड कमाएको थियो ।

तेस्रो पटक उही कथामा बलिउडमाम सलमान खान र करिना कपुरलाई लिएर यो फिल्म बनाइयो । तेस्रो पटक हिन्दीमा बनेको फिल्मले बम्पर कमाई गर्दै २५३ करोड कमाउन सपल भयो ।

यी निकै सफल चलचित्र बाहेक सिद्दिकीले ‘भास्कर द रास्कल’ जस्ता हिट चलचित्र पनि बनाए । सन् २०२० मा उनले ‘बिग ब्रदर’ नामको फिल्म बनाए । यो उनको जीवनको सबैभन्दा ठूलो फ्लप फिल्म थियो। मोहन लाल र अरबाज खानजस्ता स्टार भए पनि यो फिल्मले ६ करोड मात्रै कमाउन सक्यो ।

यो फिल्म सिद्दिकीको जीवनको अन्तिम फिल्म पनि साबित भयो। कोविड अवधिमा कलेजो सम्बन्धित समस्यासँग संघर्ष जारी राख्दै ७ अगस्ट २०२३ को दिन उनको जीवनको अन्तिम दिन साबित भयो।

    सम्बन्धित समाचार...