२२ बैशाख २०८१, शनिबार

‘अगस्त्य’ मा मलिका महत बनिन् चाँदनी, सौगातसँग जोडी कस्दै

m

फिल्म ‘अगस्त्य: च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक गरिएको छ ।

फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि मलिकाको लुक्स सार्वजनिक भएको हो । सुरुवात देखिनै फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएसँगै यस फिल्मको चर्चा हुँदै आइरहेको छ ।

निर्माणपक्षले सार्वजनिक गरेको लुक्समा मलिकालाई ‘चाँदनी’को भूमिकामा देखिन पाइने भएको छ । सार्वजनिक दुई पोस्टर मध्य एक पोस्टरमा मलिकालाई सौगातको जोडीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हो भन्ने निर्माणपक्षले केही खुलाएको छैन ।

सौरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात, नाजिर र मलिकाका अलावा प्रमोद अग्रहरी, निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो फिल्मले चिसिएको बक्सअफिस बजारलाई न्यानो बनाउने र सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्म फागुनको १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको छ ।

    सम्बन्धित समाचार...