२२ बैशाख २०८१, शनिबार

‘एक्टर’बाट ९ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्दै राजवल्लभ

417227560 1630260087780998 1524185854117192935 n

नायक राजवल्लभ कोइराला ९ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्ने भएका छन् ।

फिल्म ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी नायक राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको तारिफ धेरै भयो । तर, फिल्म ‘हाइवे टू धम्पुस’को छायांकनका लागि राजवल्लभ अमेरिका पुगे । यसपछि, भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेकेका थिएनन् ।

अब, उनै राजवल्लभ नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा काम गर्न तयार भएका हुन् । निर्माणपक्षले यो फिल्ममा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । फिल्ममा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।

यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् ।

राजबल्भ कोइरालाले फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको बताएका छन् । यता, आना र प्रदीपले पहिलो पटक स्क्रीन सेयर गर्दै छन् । उनीहरुको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

    सम्बन्धित समाचार...