१५ बैशाख २०८१, शनिबार

शीर्षस्थानमा फर्कियो लिभरपुल

liverpool 1

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नलीमाथि २ – ० गोलको जित हात पारेको हो ।

बर्नलीको मैदानमा लिभरपुलले खेल सुरु भएको छैटौँ मिनेटमै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । उसका लागि डाविड नुनियाजले कोडी गाक्पोको सहयोगमा गोल गरेका हुन् । योसंगै उरुग्वेका स्ट्राइकर नुनियाजले क्लबमा १२ खेल देखिको गोल खडेरी तोडे । उनको लिभरपुलका लागि यो सिजनको १२ औं गोल हो ।

बर्नलीका गोलकिपर जेम्स ट्राफोर्ड खेल अवधिभरनै व्यस्त रहे । नुनियाजको असिस्टमा मोहम्मद सालाहले गरेको प्रहारको उनले उत्कृष्ट बचाउ गरे । नुनियाजले फल गरे पनि गाक्पोले गरेको गोलले मान्यता नपाउँदा लिभरपुल घरेलु टोलीविरुद्ध दूरी बढाउन असफल भयो । सालाहको अर्को प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो । हार्भी एलियोटले गोल गरे पनि भीएआरको परीक्षणपछि अफसाइड घोषित भयो ।

बर्नलीले केही मौका बनाए पनि लिभरपुल गोलकिपर एलिसनका लागि त्यति चुनौतीपूर्ण रहेन । ९० औं मिनेटमा डिएगो जोटाले गोल गरेसँगै योगर्न क्लोपको टोलीले २ – ० को जितका साथ खेल टुंग्यायो । पहिलो स्थानमा रहेको लिभरपुलको १९ खेलबाट ४२ अंक छ । जुन दोस्रो स्थानको आर्सनल भन्दा २ अंकले अघि र आर्सनलले एक खेल कम खेलेको छ । बर्नली भने रेलिगेसनबाट बच्न संघर्षरत छ । १९ औं स्थानमा रहेको उसको ११ अंक छ ।

    सम्बन्धित समाचार...