१५ बैशाख २०८१, शनिबार

स्टार्क बने आइपिएल इतिहासकै अहिलेसम्मका महंगा खेलाडी

mitchel

अस्ट्रेलियाका विश्वकप विजेता बलर मिचेल स्टार्कले इण्डियन प्रिमियर लिग (आइपिएल) खेलाडी अक्सनमा नयाँ किर्तिमान बनाएका छन् ।

आज दुबईमा जारी आइपिएलको खेलाडी अक्सनमा स्टार्कलाई कोकोलता नाइटराइडर्सले २४ करोड ७५ लाख भारु अर्थात ३९ करोड ६० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आइपिएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।

यसअघि आजकै अक्सनमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको थियो ।

आइपिएल अक्सनको इतिहासमा सबैभन्दा धेरै रकम खर्च गरेर किनिएका दुई खेलाडी यसै अक्सनका रहेका छन् भने दुवै अस्ट्रेलियाका तिब्र गतिका बलर रहेका छन् ।

यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।

    सम्बन्धित समाचार...