२२ बैशाख २०८१, शनिबार

पुस लागेसँगै घटेकाे सुनको भाउ फेरि बढ्याे

gold silver

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

पुस लागेसँगै घटेकाे सुनको भाउ फेरि बढेको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँले महंगिएको हो । चाँदी भने प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन आज प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन हिजो (सोमबार) प्रतितोला एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आज (मंगलबार) तेजाबी सुन प्रतितोला २०० रुपैयाँले बढ्दै एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

५ रुपैयाँ प्रतितोलाले घटेको चाँदीको मूल्य आज एक हजार ४५० रुपैयाँ कायम छ । अघिल्लो दिन चाँदी एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित समाचार...